चितवनकाे राप्ती नगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीय सुजिता भण्डारीको मृत्यु चोटपटकबाट नभएको पोष्टमार्टम रिपोर्टले बताएको छ ।भण्डारीको मृत्यु चोटपटकका कारण नभएको शवको पोष्टमार्टम गरेका डा. गोपाल चौधरीले बताउनुभयाे ।
भण्डारीको शवको पोष्टमार्टम काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको हो । मृत्युको कारण चोटपटकबाट नभएको देखिएपछि अन्य कारण थाहा पाउन शवको भिसेरा परीक्षण गरिने छ ।भिसेरा परीक्षणका लागि नमुना लिएर मंगलबार नै प्रहरीलाई बुझाइएको शवको पोष्टमार्टम गरेका डा. चौधरीले बताउनुभयाे ।



उज्यालो खबर




