×

सुस्मा न्यौपाने
गैँडाकोट । पुर्वी नवलपरासीको रजहरमा रहेको प्रतिष्ठित अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालयमा दलीय राजनिति सुरु भएको छ । सन्चालक समितिको दुई पदमा एक अर्कोले दावी नछाडेपछि ती पदका लागि आज चुनाव हुन लागेको हाे । सन्चालक समितिको वरिष्ठ उपाध्यक्ष र सचिव पदमा आज मतदान हुन लागेको हो ।वरिष्ठ उपाध्यक्ष  र सचिव पदमा दलहरुले आफ्नो उम्मेदवार बनाएर खडा बनाए पछि सहमतीको सम्भावना सकिएको निर्वाचन समितिले जनाएको छ ।
वरिष्ठ उपाध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट ऋृषि तिवारी र सचिवमा टोपराज कोईरालाले उम्मेदवारी दिएका छन । त्यसैगरी काग्रेस , माओवादी केन्द्र र राप्रपाको तर्फबाट बरिष्ठ उपाध्यक्ष र सचिव पदमा पेउ नारायण न्यौपाने र प्रदिपराज घिमिरेले उम्मेदवारी दिएका छन ।
विहान ९ वजेबाट अपरान्ह ४ वजेसम्म मतदानको समय तय गरिएको निर्वाचन समितिका संयोजक गोविन्द शर्माले जानकारी दिए । शर्माका अनुसार आगामी चार वर्षे कार्यकालाका लागि एकहजार ३१ जना मतदाताले नयाँ नेतृत्वका लागि मतदान गर्नेछन ।
अस्पताल जस्तो पवित्र ठाउँमा सहमतीका आधारमा नेतृत्वको छनौट नगरेर चुनावमा लागेको भन्दै स्थानीय र सर्वसाधरणले भने दलीय नेतृत्व प्रति विरोध जनाएका छन ।

 

 

तपाईको प्रतिक्रिया