×

काठमाडौँ- नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा रोचक मोड देखिएको छ। कुल ४ हजार ६ सय मत गणना भइसक्दा पदाधिकारीका विभिन्न पदहरूमा प्रतिस्पर्धा तीव्र बनेको छ।

सबैको चासोको केन्द्र बनेको खुला महामन्त्री पदमा प्रदिप पौडेलले २,६५७ मतका साथ दोब्बर बढी अग्रता कायम गर्नुभएको छ। यस्तै दोस्रो स्थानका लागि उदय शम्शेर राणा र डा. सुनिलकुमार शर्माबीच निकै रोमाञ्चक र कडा प्रतिस्पर्धा चलिरहेको छ। राणाले १,४९१ मत प्राप्त गर्दा शर्मा १,३८७ मतका साथ पछाडि पछ्याइरहनुभएको छ।

उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीको स्पष्ट अग्रता

उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी २,३४३ मतका साथ फराकिलो अग्रता बनाउन सफल हुनुभएको छ। उहाँलाई पीछा गरिरहनुभएका ई. मधु आचार्यले १,४४१ र गोविन्द भट्टराईले १,२१९ मत प्राप्त गर्नुभएको छ।

महिला र समावेशीमा घम्साघम्सी

महिलातर्फको एक पदका लागि डा. डिला संग्रौला (पन्त) २,०३७ मतका साथ अगाडि हुनुहुन्छ भने महालक्ष्मी उपाध्याय (डिना) १,८३८ मत ल्याएर पछ्याइरहनुभएको छ।

यस्तै, समावेशी पदतर्फ बिनोद कुमार चौधरी (१,१४५ मत) र जीवन परियार (१,१०७ मत) बीच कडा प्रतिस्पर्धा देखिएको छ।

मत परिणाम विवरण (४,६०० मत गणना हुँदा):

१. महामन्त्री (खुला तर्फ)

  • प्रदिप पौडेल: २,६५७

  • उदय शम्शेर राणा: १,४९१

  • डा. सुनिलकुमार शर्मा: १,३८७

  • अमरसिंह पुन मगर: ९२९

  • गुरुराज घिमिरे: ९२०

  • नैन सिंह महर: ६६८

  • शंकर तिवारी: ८८

२. उपसभापति (खुला तर्फ)

  • डा. चन्द्रकान्त भण्डारी: २,३४३

  • ई. मधु आचार्य: १,४४१

  • गोविन्द भट्टराई: १,२१९

  • सुरेन्द्रराज पाण्डे: १,१५०

  • धनराज गुरुङ: १,०५३

  • दीपक गिरी: ६३८

  • प्रा.डा. चन्द्र मोहन यादव: ३८७

३. अन्य पदहरू

पद उम्मेदवार प्राप्त मत
महिला (१ पद) डा. डिला संग्रौला (पन्त) २,०३७
महालक्ष्मी उपाध्याय (डिना) १,८३८
रीता खनाल ४६६
समावेशी (१ पद) बिनोद कुमार चौधरी १,१४५
जीवन परियार १,१०७
सीता गुरुङ ७४९
फरमुल्लाह मंसुर ६३७
रंजीत कर्ण ३५२

बाँकी मत गणनाको कार्य निरन्तर जारी छ।

तपाईको प्रतिक्रिया