×

भरतपुर। चितवनको भरतपुर महानगरपालिका–१०, दीपेन्द्र चोकमा आधुनिक सुविधा सम्पन्न ‘चित्वन स्पाईसी हर्ब’ होटल सञ्चालनमा आएको छ। जापानमा दुई दशक लामो रेष्टुरेन्ट व्यवसायको अनुभव हासिल गर्नुभएका चिरञ्जीवि आचार्य र प्रकाश आचार्यको परिवारले घरेलु भूमिमा यो व्यवसाय सुरु गर्नुभएको हो।

चार कठ्ठा क्षेत्रफलमा फैलिएको यस होटल निर्माणमा जग्गाबाहेक करिब पाँच करोड रुपैयाँ लगानी गरिएको सञ्चालक चिरञ्जीवि आचार्यले जानकारी दिनुभयो।

आतिथ्य सेवालाई ध्यानमा राख्दै होटलमा १२ वटा डिलक्स कोठा र २ वटा गोलो आकारका आकर्षक डिजाइनका कोठाहरू निर्माण गरिएका छन्। व्यावसायिक तथा पारिवारिक कार्यक्रमका लागि होटलमा ६० जना क्षमताको एउटा र ३०/३० जना क्षमताका दुई वटा सभा हल उपलब्ध छन्।

त्यस्तै, खानपानका लागि १०० जना क्षमताको मुख्य रेष्टुरेन्ट, २०० जना अट्ने रुफटप रेष्टुरेन्ट र बाहिरी परिसरमा १०० जनाभन्दा बढी क्षमताको ‘ओपन रेष्टुरेन्ट’को व्यवस्था गरिएको छ। सवारी साधन व्यवस्थापनका लागि परिसरभित्रै २५ वटा कार र १०० वटा मोटरसाइकल पार्किङ गर्न सकिने क्षमता रहेको छ।

जापानको टोकियो क्षेत्रका विभिन्न स्थान (खाचिदोकी, चुकुसिमा, चुकुदा, हारुमी, तोयोसु र तोयोचो) मा सात वटा रेष्टुरेन्ट सञ्चालन गरिरहेको आचार्य परिवारले नेपालमा फरक स्वाद पस्कने उद्देश्य राखेको छ। होटलमा जापानिज, इण्डियन, चाइनिज र दक्षिण एसियाली परिकारहरूलाई फ्युजन गरी विशेष मेनु तयार पारिएको छ।

बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म सञ्चालन हुने यस होटल पारिवारिक वातावरण, जन्मदिन, विवाह उत्सव तथा विभिन्न जमघटका लागि उपयुक्त छ। सञ्चालनको अवसरमा ग्राहकका लागि विशेष छुटको व्यवस्था गरिएको छ भने छिट्टै बिहानदेखि रातिसम्म होम डेलिभरी सेवासमेत सुरु गर्ने तयारी होटलको छ।

तपाईको प्रतिक्रिया