काठमाडौं- सरकारले विभिन्न पर्व, शोक तथा विशेष दिवसका अवसरमा लगातार पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ र २३ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै भोलि शुक्रबारदेखि लगातार पाँच दिन बिदा पर्ने भएको हो।
मन्त्रिपरिषद्को निर्णय अनुसार भोलि भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिदा दिइएको छ। त्यसलगत्तै २० गते शनिबार र २१ गते आइतबार नियमित बिदा परेको छ।
त्यस्तै, सरकारले रसुवा बाढीमा ज्यान गुमाएका नागरिकहरूको सम्मानमा भदौ २२ गते शोक बिदा दिने निर्णय गरेको छ भने गत वर्ष भएको जेनजी आन्दोलनका शहीदहरूको स्मरण र सम्मानमा भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। यससँगै लगातार पाँच दिनसम्म सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहनेछन्।



उज्यालो खबर

