गैंडाकोट- रोटरी क्लब अफ गैंडाकोटको १० औँ पदस्थापन कार्यक्रम हिजो भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम रोटरियन रामहरि श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त पदस्थापन समारोहमा आरआई डिस्ट्रिक्ट ३२९२ का प्रेसिडेन्ट इलेक्ट प्रोफेसर डाक्टर आइपी ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमका क्रममा निवर्तमान अध्यक्ष हिरालाल अर्यालले नवनिर्वाचित अध्यक्ष रामहरि श्रेष्ठलाई रोटरीको परम्पराअनुसार ह्याम्बर (ह्यामर) र बेल हस्तान्तरण गर्दै नेतृत्व सुम्पनुभयो।
क्लबका सहसचिव रामचन्द्र गौतमले उपलब्ध गराउनुभएको जानकारी अनुसार रोटरी क्लब अफ गैंडाकोटले समाजसेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ। सोही क्रममा ग्लोबल ग्रान्ट अन्तर्गत क्लबले लाखौँ रुपैयाँको लागतमा गैंडाकोट-३ स्थित जगन्नाथ गाउँमा खानेपानी आयोजना सम्पन्न गरी स्थानीयवासीलाई खानेपानी उपभोगको व्यवस्था मिलाएको छ।
कार्यक्रममा विभिन्न रोटरी सदस्यहरू, समाजसेवी तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।



उज्यालो खबर

