×

चितवन। नेपाली बजारमा विद्युतीय सवारीसाधनको माग र लोकप्रियता तीव्र रूपमा बढिरहेका बेला चितवनमा टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी ‘टाटा पन्च ईभी’ (Tata Punch EV) को नयाँ संस्करणको बिक्री तथा वितरण सुरु भएको छ।

भरतपुर-१० स्थित टाटा मोटर्सको आधिकारिक विक्रेता सफल मोटर्स प्रा.लि.ले एक औपचारिक कार्यक्रमका बिच नयाँ संस्करणको पन्च ईभी सार्वजनिक गरेको हो। नारायणगढ जेसीजका अध्यक्ष सन्तोष पण्डित र सफल मोटर्सका अध्यक्ष गोपाल भट्टराईले संयुक्त रूपमा गाडीको अनावरण गर्दै बिक्री शुभारम्भ गर्नुभयो।

नेपाली ग्राहकहरूको बदलिँदो चाहना, आधुनिक प्रविधिको प्रयोग र वातावरणमैत्री सवारीप्रतिको आकर्षणलाई ध्यानमा राख्दै नयाँ पन्च ईभी बजारमा ल्याइएको हो। आधुनिक डिजाइन, उत्कृष्ट ड्राइभिङ अनुभव, उच्च ग्राउन्ड क्लियरेन्स र दैनिक प्रयोगका लागि उपयुक्त सुविधाहरूका कारण यो गाडी नेपाली सडक अनुकूल हुने विश्वास लिइएको छ। कार्यक्रममा बोल्दै सफल मोटर्सका अध्यक्ष गोपाल भट्टराईले नयाँ प्रविधि र फिचर्सका कारण यो मोडल नेपाली ग्राहकबिच थप लोकप्रिय बन्ने बताउनुभयो।

सफल मोटर्सले नयाँ टाटा पन्च ईभीलाई विभिन्न ब्याट्री क्षमता र भेरियन्टमा उपलब्ध गराएको छ। जसअनुसार ३२ किलोवाट आवर (kWh) ब्याट्री क्षमताको Punch EV Smart+ को मूल्य रु. ३३ लाख ९९ हजार तोकिएको छ भने कम्पनीले विशेष ‘नाइमा अफर’ (Naima Offer) अन्तर्गत यसलाई रु. ३२ लाख ९९ हजारमै उपलब्ध गराउने भएको छ। त्यसै गरी ४० किलोवाट आवर ब्याट्री क्षमताको Punch EV Empowered को मूल्य रु. ३६ लाख ९९ हजार र Punch EV Empowered+ S को मूल्य रु. ३७ लाख ९९ हजार रहेको छ।

यसैबिच, ईभी ह्याचब्याक खोज्ने ग्राहकका लागि टाटाको लोकप्रिय ‘टियागो ईभी’ (Tiago EV) पनि सोरुममा बिक्रीका लागि उपलब्ध गराइएको छ। २४ किलोवाट आवर ब्याट्री क्षमता रहेको Tiago EV Pure+ को मूल्य रु. २८ लाख ९९ हजार र Tiago EV Creative+ को मूल्य रु. २९ लाख ९९ हजार तोकिएको छ।

सफल मोटर्सले गाडी बिक्रीका साथसाथै ग्राहकको सुविधाका लागि भरपर्दो बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस), ओरिजिनल स्पेयर पार्ट्स र दक्ष प्राविधिक टोलीमार्फत सहयोग उपलब्ध गराउने जनाएको छ। नयाँ पन्च ईभी तथा टियागो ईभीको प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ र बुकिङका लागि भरतपुर-१० स्थित सोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया