×

गैंडाकोट – नवलपुरको गैंडाकोटमा दुई जना महिला मृत अवस्थामा भेटिएका छन्।

गैंडाकोट–१० स्थित अकलामाई मन्दिर नजिकै राजमार्ग छेउको चौरमा दुई महिला बेहोस अवस्थामा ढलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्कालै उनीहरूलाई उद्धार गरेर भेडाबारीस्थित नगर अस्पताल पुर्‍याएको थियो। तर, अस्पताल पुर्‍याउँदा डाक्टरले दुवै जनालाई मृत घोषणा गरे।

मृत्यु हुनेमा बागलुङ घर भई हाल गैंडाकोट–१२ हर्कपुरमा बस्ने ३८ वर्षीया कविता राई र भोजपुर घर भई हाल गैंडाकोट–१० पितौजीमा बस्ने ४५ वर्षीया कान्छी राई रहेका छन्।

उनीहरूको मृत्यु के कारणले भयो भन्नेबारे केही खुलेको छैन। घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया