×

गैंडाकोट- नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर १ ईट्टभट्टी निवासी ४० वर्षीय सन्तोष रानाभाट नारायणगढ र गैंडाकोट जोड्ने नारायणी नदीमा बेपत्ता भएका छन्।

स्थानीयका अनुसार आज बिहान करिब ७:०० बजेको समयमा रानाभाटले नारायणी नदीमा हाम फालेका थिए। घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी टोली र स्थानीयवासी घटनास्थल पुगेका थिए।

हाल नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उद्धार टोलीले नारायणी नदीमा उनको खोजी कार्य तीव्र पारिरहेको छ। नदीको सम्भावित क्षेत्रहरूमा टोली परिचालन गरी खोजी भइरहेको छ भने घटनाको विस्तृत विवरण र हाम फाल्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया