गैंडाकोट – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका वडा नं. २ स्थित नारायणी नदी किनारमा एक पुरुषको बेवारिसे शव फेला परेको छ।
नदी किनारमा रहेको होटल छिमेकीभन्दा केही तलपट्टि अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको हो। गैंडाकोट वडा नं. २ का वडाअध्यक्ष प्रकाश सापकोटाका अनुसार स्थानीयले शव देखेपछि तत्कालै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।
फेला परेको शवको पहिचान खुल्न सकेको छैन। शवको सनाखत र थप अनुसन्धानका लागि शवलाई भरतपुर अस्पताल, चितवन पठाइएको वडाअध्यक्ष सापकोटाले जानकारी दिनुभयो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।



उज्यालो खबर

