गैंडाकोट- नवलपुरको गैंडाकोट-२, नारायणी नदी किनारमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले शैक्षिक सत्र २०२६ का लागि स्नातक तहका विभिन्न प्राविधिक तथा व्यावसायिक सङ्कायहरूमा नयाँ भर्ना सुरु गरेको छ। कलेजले “हाम्रो दृष्टिकोण, तपाईंको लक्ष्य प्राप्ति” भन्ने मूल सङ्कल्पका साथ लामो समयदेखि यस क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आइरहेको छ।
कलेज प्रशासनका अनुसार यस वर्ष विशेष आकर्षणको रूपमा रहेको ब्याचलर अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा नयाँ भर्ना आह्वान गरिएको छ। यसका साथै विद्यार्थीहरूले आफ्नो रुचिअनुसार इन्जिनियरिङ, व्यवस्थापन र सूचना प्रविधि संकायअन्तर्गतका अन्य रोजगारमूलक कार्यक्रमहरू- बीई सिभिल , बीई कम्प्युटर , बीसीए , बीबीए र बीएचएम मा समेत भर्नाका लागि आवेदन दिन सक्नेछन्।
कलेजको प्राज्ञिक वातावरण र भावी कार्यदिशाबारे प्रष्ट पार्दै प्राचार्य प्रोफेसर डाक्टर हरि भण्डारीले भन्नुभयो, “अक्सफोर्ड कलेज केवल सैद्धान्तिक ज्ञान बाँड्ने थलो मात्र होइन, यो विद्यार्थीहरूको नवप्रवर्तन र व्यावहारिक सीप विकास गर्ने केन्द्र हो। बजारको माग र प्रविधिको द्रुत विकासलाई मध्यनजर गर्दै हामीले इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ जस्ता विधाहरूमा विशेष जोड दिएका छौँ। आधुनिक प्रयोगशाला , दक्ष प्राध्यापक र प्रयोगात्मक सिकाइको बलियो जगले गर्दा नै हाम्रा विद्यार्थीहरू विश्व बजारमा प्रतिस्पर्धी बन्न सफल भएका छन्। हामी प्रत्येक विद्यार्थीलाई प्राविधिक रूपमा सक्षम र नैतिक रूपमा जिम्मेवार नागरिक बनाउन प्रतिबद्ध छौँ।”
नारायणी नदीको शान्त, स्वच्छ र शैक्षिक अनुकूल वातावरणमा अवस्थित यस कलेजमा भर्ना हुन इच्छुक विद्यार्थी तथा अभिभावकहरूको सहजताका लागि संकायअनुसार छुट्टाछुट्टै परामर्श नम्बरहरू उपलब्ध गराइएको छ:
-
सूचना प्रविधि संकाय (BCA): ९७६९३८५९००
-
व्यवस्थापन संकाय (BBA): ९७६९३८५९०१
-
इन्जिनियरिङ संकाय (BE-Civil, Computer, Electrical & Electronics): ९७६९३८५९०२
-
होटल म्यानेजमेन्ट संकाय (BHM): ९७६९३८५९०३
भर्ना सम्बन्धी थप विस्तृत जानकारी, योग्यता र अनलाइन आवेदनका लागि विद्यार्थीहरूले कलेजको आधिकारिक वेबसाइट www.oxfordcollege.edu.np मार्फत सिधै सम्पर्क गर्न सक्ने कलेजले जनाएको छ।




उज्यालो खबर
