भरतपुर- चितवनको भरतपुर महानगरपालिका-१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै गएराति भएको सडक दुर्घटनामा परी दुई जना युवकको मृत्यु भएको छ।भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकको पछाडि सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर अनियन्त्रित भई ठोक्किँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका-२६, दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र स्कुटरको पछाडि सवार लमजुङ घर भई हाल भरतपुर-२० बस्ने १९ वर्षीय राजीव गुरुङ गम्भीर घाइते भएका थिए। घाइते दुवै जनाको उपचारका क्रममा आज बिहान २:४० बजे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उज्यालो खबर