गैँडाकोट – देवघाट गाउँपालिका वडा नं. २ स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका वडा नं. ५ घर भएका १८ वर्षीय स्मिथ लामिछाने रहेका छन् । सोमबार दिउँसो आफ्ना तीनजना साथीहरू सहित नदीमा पौडी खेल्न गएका लामिछाने दिउँसो ३ बजेदेखि नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
साथीहरूसँगै पौडी खेल्ने क्रममा अचानक नदीले बगाएर बेपत्ता भए लगत्तै स्थानीय र सुरक्षा निकायलाई खबर गरिएको थियो । हालसम्म उनको अवस्था अज्ञात रहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाको टोलीद्वारा बेपत्ता लामिछानेको खोजी कार्य तीव्रताका साथ जारी राखिएको छ ।



उज्यालो खबर




