×

काठमाडौं । रास्वपा सांसद कृष्णकुमार कार्की ले विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।आज संसद भवन परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा सांसद कार्कीले बारम्बार आफूलाई आरोपबारे थाहा नभएको भन्दै प्रतिक्रिया दिएका थिए।

सञ्चारकर्मीहरूले लगातार प्रश्न सोधिरहेपछि उनले असहज शैलीमा “म तपाईंहरूलाई एउटा कुरा देखाउँछु क्या” भन्दै आफ्नो कोट र टिसर्ट माथि उठाएर छाती देखाएका थिए। त्यसपछि उनले “कहाँ मेरो ट्याटु छ ?” भन्दै प्रतिप्रश्न गरेका थिए।

त्यसपछि पत्रकारहरूले अब के गर्नुहुन्छ भन्ने प्रश्न गर्दा उनले ठोस जवाफ नदिई “प्रोसेस होला नि त, प्रमाण देखाइसके होइन ?” भन्दै प्रतिक्रिया दिएका थिए।सञ्चारमाध्यममा प्रसारित भिडियोबारे कारबाही प्रक्रिया अघि बढ्ने हो कि भन्ने प्रश्नमा उनले पुनः प्रमाणको कुरा दोहोर्याएका थिए।

उनले आफू २०६७ सालदेखि नेपालमा नरहेको दाबी गर्दै “७१ सालतिर चरी मरेको, म चरीको केटा हो त ?” भन्दै आरोपसँग आफ्नो सम्बन्ध नरहेको जिकिर गरेका थिए।हिजो संसदमा बोल्ने सूचीमा नाम भए पनि बोल्न नपाएको विषयमा उनले “सिग्नेचर नगरेको मान्छेको नाम आउँदैन, मेरो नाम कसरी आयो भन्ने बुझिरहेको छु” भन्दै प्रतिक्रिया दिएका थिए।

त्यसपछि उनी मोटरसाइकल चढेर त्यहाँबाट हिँडेका थिए।

तपाईको प्रतिक्रिया