×

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई ठिक ठाउँमा राख्ने तागत कांग्रेसले राख्ने बताएका छन्। गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री नियम कानुनभन्दा बाहिर जान नसक्ने बताए।

उनले भने, ‘हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ। रास्वपाले ५ वर्ष सरकार चलाउने अवसर पाएको छ, चलाओस्, तर सरकार सही ढङ्गले चल्नुपर्छ। संविधानलाई तलमाथि हुन नदिने तागत राख्नुपर्छ। मैले निर्वाचन अघि पनि भनेको थिए, कांग्रेसले सरकार चलाउने मौका पायो भने बेगले गाडी चलाउँछौँ भनेर, सुशासन ल्याउनको लागि हिजोको स्पिडले हुँदैन।’

उनले सरकार गति र बेगको नाममा लहडमा लाग्न नहुने बताए। राज्यले निजी क्षेत्रसँग गरेको व्यवहारको ठुलो मूल्य चुकाउनुपर्ने अवस्था आउनसक्ने बताए। उनले सङ्घमा प्रश्न उठाएजस्तो प्रदेशमा उठेका प्रश्नको जवाफ दिन सक्नुपर्ने बताए।

 

तपाईको प्रतिक्रिया