×

नवलपुरको गैंडाकोट–९ स्थित थुम्सीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।दुर्घटनामा परी देवचुली–१० निवासी ३५ वर्षीया जमुना गिरी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज दिउँसो करिब २ बजे भएको उक्त दुर्घटनामा जमुनाका श्रीमान् ४० वर्षीय राजबहादुर गिरी घाइते भएका छन्। घाइते गिरीको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया