×

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै गैरकानूनी ढंगबाट पक्राउ गरिएको बताए। उनले समृद्धिका नायकहरूलाई खलनायक र हत्यारोको रूपमा स्थापित गरेको भन्दै आपत्ति जनाए। देश जलाउनेहरूलाई महानायक बनाएको उनको भनाइ छ।

उनले प्रश्न गर्दै भने, ‘कुन उद्देश्य पूरा गर्नको लागि राजनीतिक नेतृत्वहरूलाई पक्राउ गर्ने प्रपञ्च रचिँदैछ ? किन देशव्यापी रूपमा दमनचक्र र राज्य आतङ्क मच्याइँदैछ ?

उनले भदौ २३ र २४ गतेको घटनालाई लिएर प्रश्नैप्रश्न उठाए। उनले विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारको तयारीप्रति पनि असन्तुष्टि जनाए।

तपाईको प्रतिक्रिया