×

नवलपुर । नवलपुर उद्योग वाणिज्य संघ को निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा बुद्धि सागर पोखरेल ४४७ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी भेष बहादुर अधिकारीले २९२ मत प्राप्त गरेका छन्।

वरिष्ठ उपाध्यक्ष पदमा बालकृष्ण पाण्डे ३५६ मतसहित विजयी हुँदा नवराज सुवेदीले २७७ मत प्राप्त गरेका छन्। प्रथम उपाध्यक्षमा गोविन्द बहादुर क्षेत्री ३४६ मतसहित विजयी भएका छन् भने हरिकला ढकालले २६६ मत प्राप्त गरेकी छन्। द्वितीय उपाध्यक्षमा दीपक चन्द्र भट्टराई ३०८ मतसहित विजयी हुँदा पदम बहादुर खत्रीले ३०६ मत ल्याएका छन्।

महासचिव पदमा रमेश अधिकारी ३१३ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी कृष्ण प्रसाद अर्यालले ३०१ मत प्राप्त गरेका छन्। उपमहासचिवमा प्रेम नारायण पाण्डे ३८३ मतसहित विजयी भएका छन् भने शिव पोखरेलले २३२ मत प्राप्त गरेका छन्।

कोषाध्यक्ष पदमा गणेश बहादुर आचार्य ३५६ मतसहित विजयी भएका छन् भने शिवलाल गिरीले २५७ मत ल्याएका छन्।

त्यसैगरी खुला सदस्यतर्फ कृष्ण कुमार गिरी ४२९, गंगा देवी महतो ४५०, गोपाल सिपालि ३५५ , दीपक भट्टराई ३९९,  र सरला खनाल ३५३ मतसहित विजयी भएका छन्।

महिला सदस्यतर्फ दुर्गा रिजाल ३७४  र दुर्गा ढुंगाना ४१३  मतसहित विजयी भएका छन्। उक्त निर्वाचनमा व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो भने प्रतिस्पर्धात्मक वातावरणबीच नयाँ नेतृत्व चयन भएको हो।

तपाईको प्रतिक्रिया