×

काठमाडौं — नेकपा एमाले का सचिव महेश बस्नेत ले प्रतिशोधको राजनीतिविरुद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् आजैदेखि आन्दोलन सुरु हुने जानकारी दिँदै कार्यक्रमको विस्तृत विवरण केही समयपछि सार्वजनिक गरिने बताएका छन्।

बस्नेतले केपी शर्मा ओलीरमेश लेखक को गिरफ्तारीप्रति आपत्ति जनाउँदै यसले देशमा द्वन्द्वको अवस्था सिर्जना गर्न सक्ने बताएका छन्। उनका अनुसार पछिल्ला गतिविधिहरूले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको संकेत दिएका छन्।

उनले लोकतन्त्रमा राजनीतिक बन्दी नहुनु महत्वपूर्ण सूचक हुने उल्लेख गर्दै नेपालमा विकसित पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन्। साथै, सरकारी सम्पत्ति तथा सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएको आरोप लगाउँदै, लोकतन्त्रका लागि लडेका नेताहरूलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएकोप्रति उनले असन्तुष्टि जनाएका छन्।

बस्नेतले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न र प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन आन्दोलनमा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया