चितवन । शैक्षिक क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको आरम्भ कलेजले यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याउँदै चितवन जिल्लामा पहिलो र दोस्रो स्थान हासिल गर्न सफल भएको छ। छोटो समयमै आफूलाई अब्बल कलेजका रूपमा स्थापित गर्न सफल आरम्भले निरन्तर उपलब्धिमूलक यात्रा जारी राखेको छ।



त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीआईटीएम (ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट) र बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) दोस्रो सेमेस्टर (ब्याच २०२४) को नतिजामा कलेजका तीन विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेका छन्।
बीआईटीएमतर्फ सेजल खड्गीले ३.८४ एसजीपीए ल्याई चितवन प्रथम बन्न सफल भइन् भने सौरभ पौडेल ३.७६ एसजीपीए सहित द्वितीय स्थानमा रहे। यसैगरी बीएचएमतर्फ सबिन श्रेष्ठले ३.८३ एसजीपीए ल्याउँदै चितवन द्वितीय स्थान हासिल गरेका छन्।



कलेजका प्राचार्य सुरज शिवाकोटीका अनुसार आरम्भ कलेजले यसअघि पनि बीएचएमतर्फ त्रिवि स्तरमा पाँचौं, चौथो हुँदै तेस्रो स्थानसम्मको उपलब्धि हासिल गरिसकेको छ। उनले विद्यार्थीहरूको निरन्तर उत्कृष्ट प्रदर्शनले कलेजलाई अझ उत्साहित बनाएको बताए।
आरम्भ कलेजमा चार वर्षे (आठ सेमेस्टर) संरचनामा बीएचएम र बीआईटीएम कार्यक्रम सञ्चालनमा छन्। विशेषगरी बीआईटीएममा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटी र मेसिन लर्निङ जस्ता आधुनिक विषयहरू पनि समावेश गरिएको कलेजले जनाएको छ।
भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनतम १.८ जीपीए ल्याई १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूले सीएम्याट परीक्षा पास गर्नुपर्ने व्यवस्था रहेको छ।
कलेजले बीएचएम अन्तिम वर्षका विद्यार्थीका लागि अमेरिकाका पाँचतारे होटलहरूसँग इन्टर्नसिप अवसर समेत सुनिश्चित गरेको छ। यसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
“अबको लक्ष्य त्रिवि प्रथम भई स्वर्ण पदक जित्ने हो,” प्राचार्य शिवाकोटीले भने, “विद्यार्थीको मिहिनेत र कलेजको गुणस्तरीय शिक्षाका कारण यो लक्ष्य छिट्टै पूरा हुनेमा हामी विश्वस्त छौं।”
नतिजाको निरन्तर सुधार, आधुनिक शिक्षण पद्धति र अन्तर्राष्ट्रिय अवसरका कारण आरम्भ कलेज विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्दै गएको देखिन्छ।



उज्यालो खबर