×

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल ले नवनिर्वाचित सांसदहरूलाई जनताले दिएको “इतिहास लेख्ने अवसर”लाई सदुपयोग गर्न आग्रह गरेका छन् ।

मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अवसरलाई सही रूपमा उपयोग गर्न नसके आफूलाई माफ गर्न कठिन हुने चेतावनी समेत दिए ।

अर्यालले देशमा अनुशासित समाज निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै सार्वजनिक सेवामा राजनीतिक पहुँच खोज्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । “हामी अस्पताल जाँदा आफ्नो निर्वाचन क्षेत्रको नेता खोज्ने दिनको अन्त्य गर्नुपर्छ, स्कुल जाँदा नेताको खोजी गर्ने संस्कार हटाउनुपर्छ,” उनले भने, “कर तिर्दा अन्डरटेबल गर्ने अभ्यास पनि अन्त्य हुनुपर्छ ।”

उनले वर्तमान समयलाई गम्भीर चरणको रूपमा चित्रण गर्दै अब बन्ने सरकार त्यसले वहन गर्ने जिम्मेवारी अत्यन्त महत्वपूर्ण रहेको बताए । साथै, नयाँ पुस्ता (Gen Z) ले नेताहरूका गतिविधिलाई नजिकबाट हेरिरहेको उल्लेख गर्दै पारदर्शिता जवाफदेहितामा जोड दिए ।

अर्यालले निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई इमानदारिता, लगनशीलता क्षमताका साथ राष्ट्र जनताको सेवामा समर्पित हुन आग्रह गर्दै गम्भीर तयारीका साथ काममा लाग्न आह्वान गरे ।

तपाईको प्रतिक्रिया