नवलपुर – नवलपुर निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने हुप्सेकोटमा प्रतिनिधिसभा उम्मेदवार पाउँदा चुनावी माहोल उत्साहित बनेको छ। हुप्सेकोट १ निवासी ओमबहादुर घर्ती मगर नेपाली कांग्रेसका उम्मेदवार भएपछि स्थानीय कांग्रेसमा जनसमर्थन बढ्दै गएको छ।
हुप्सेकोट गाउँपालिकाका वडा नं. १, २ र ६ मा आयोजित कोण सभामा ठूलो संख्यामा नेकपा एमाले का नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। वडा नं. १ मा मङ्गल तामाङ, वडा नं. २ मा भक्तबहादुर राना, र वडा नं. ६ मा युवा संघका नेता प्रेमबहादुर गाहाको नेतृत्वमा विकास सिंजालीसहितका नेता–कार्यकर्ताले पार्टी परिवर्तन गरेका हुन्। नवप्रवेशीलाई विष्णुप्रसाद लामिछानेले पार्टीमा स्वागत गरे।
सभामा उम्मेदवार घर्तीले हुप्सेकोट आफ्नो जन्मभूमि भएको उल्लेख गर्दै मतदातालाई “हुप्सेकोटको छोरालाई संसदमा पठाउन पार्टीभन्दा माथि उठेर मतदान गर्न” अपिल गरे। उनले विकास, रोजगारी, पूर्वाधार र सुशासनका लागि सधैं जनतासँगै रहने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय नेता–कार्यकर्ताका अनुसार निरन्तर पार्टी प्रवेश, युवाको सक्रियता र स्पष्ट एजेन्डाका कारण हुप्सेकोटमा कांग्रेसको चुनावी माहोल थप बलियो हुँदै गएको छ। राजनीतिक परिवर्तनले नवलपुर–२ मा प्रतिस्पर्धा अझ रोचक बनाएको उनीहरूको भनाइ छ।



















उज्यालो खबर










