नवलपुर। नेपाल शिक्षक संघको सातौं प्रतिनिधि सभा तथा तेस्रो अधिवेशनले गैंडाकोटमा नयाँ नेतृत्व चयन गरेको छ। शनिबार गैंडाकोटस्थित जनक नमुना माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न अधिवेशनले शिक्षकहरूबीच नयाँ ऊर्जा र उत्साह थपेको छ।
नारायणी माध्यमिक विद्यालयका शिक्षक गोविन्द रिमालको अध्यक्षतामा सम्पन्न अधिवेशनले नेपाल शिक्षक संघ गैंडाकोट नगर समितिको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नयाँ समितिको उपाध्यक्षमा दीपक लुइँटेल, महिला उपाध्यक्षमा यमकुमारी रेग्मी र सचिवमा दीपक ढुङ्गाना चयन हुनुभएको छ। त्यसैगरी अर्थ सचिवमा नारायण कंडेल, सहसचिवमा रेवती खनाल, महिला सहसचिवमा शुष्मा घिमिरे, समावेशी सहसचिवमा इश्वरी वि.क र राधिका रेग्मी तथा अर्थ सहसचिवमा मञ्जु वि.क चयन हुनुभएको छ। सदस्यहरूमा चुमप्रसाद बाचे, शुसिल कोइराला, निलकण्ठ आचार्य, बिष्णु पौडेल, चूडेश्वर भट्टराई, मनोज पण्डित र बिष्णुमाया त्रिपाठी सर्वसम्मत चयन भएका छन्।
नेपाल शिक्षक संघ नवलपुरका अध्यक्ष इन्द्रराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक महासंघ नवलपुरका जिल्ला अध्यक्ष चन्द्रदेव तिवारीले निर्वाचन प्रक्रियाको संयोजन गर्नुभएको थियो।
अधिवेशनले शिक्षक हितका विभिन्न महत्वपूर्ण निर्णयहरू समेत गरेको छ। नगरपालिकाभित्र शिक्षक तालिम इकाई गठन गर्ने, विषयगत आधारमा बढुवाको माग अघि बढाउने, प्रत्येक वर्ष एक जना शिक्षकलाई अध्ययन बिदा अनिवार्य उपलब्ध गराउने तथा नियुक्ति भई कार्यरत शिक्षकहरूलाई अन्य कर्मचारीसरह १२ दिन बिरामी बिदा सुनिश्चित गर्न पहल गर्ने निर्णय गरिएको छ।
कार्यक्रममा विभिन्न वक्ताहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै शिक्षक अधिकार, पेशागत विकास र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि एकजुट भएर अघि बढ्न आह्वान गरेका थिए। नयाँ कार्यसमितिले शिक्षकहरूको हकहित संरक्षण र शैक्षिक सुधारका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।




















उज्यालो खबर











