गैँडाकोट – शैक्षिक सत्रलाई अझ सुदृढ र गुणस्तरीय बनाउन सरस्वती निकेतन सेकेन्डरी इङ्ग्लिश बोर्डिङ विद्यालयले योग्य, अनुभवी र प्रेरित जनशक्तिको लागि आवेदन आह्वान गरेको छ।
विद्यालयले विभिन्न तहमा शिक्षक र कर्मचारीको आवश्यकता भएको जानकारी दिएको छ। विद्यालयका सहायक प्रचार्य लक्ष्मण कंडेलका अनुसार, प्राथमिक तहमा गणित र अंग्रेजी विषय पढाउने दुई जना शिक्षक आवश्यक छन् भने आधारभूत तहका लागि गणित, विज्ञान, समाजशास्त्र र LC विषय पढाउने चार जना शिक्षकको माग छ।
माध्यमिक तहमा पूर्ण समय सेवा दिन इच्छुक गणित, विज्ञान र समाजशास्त्र शिक्षक तीन जना आवश्यक छन्। त्यस्तै, विद्यालयमा आईटी अपरेटरको जिम्मेवारी सम्हाल्ने एक जना योग्य जनशक्तिको पनि आवश्यकता रहेको छ।विद्यालयले योग्य र सक्षम उम्मेदवारका लागि तलबमा कुनै सीमा नराखेको स्पष्ट पारेको छ।
यस विद्यालयले अन्तर्राष्ट्रिय स्तरमा पनि धेरै मान्यता हासिल गरेको छ। ब्रिटिस काउन्सिलबाट पूर्ण रूपमा अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (ISA) प्राप्त गरेको यसले IASL, UK बाट ISO 9001:2015 प्रमाणीकरण र CPD समूह, UK बाट CPD प्रदायक विद्यालयको मान्यता पनि पाएको छ।
इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातसहित १० फागुन २०८२ भित्र विद्यालयको इमेल वा सम्पर्क नम्बरमार्फत आवेदन दिन सक्नेछन्।





















उज्यालो खबर











