×

चितवन – भरतपुर महानगरपालिका–१४ राधापुरस्थित विश्वज्योति बोर्डिङ स्कुल नजिक रहेको नहरको पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आज साँझ अन्दाजी २०:०० बजेको समयमा राधापुरबाट पुलिस स्कुलतर्फ जाँदै गरेको बा.प्र.०६–००६ प ७७१२ नम्बरको बुलेट मोटरसाइकल आफैँ अनियन्त्रित भई पुलबाट नहरमा खस्दा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ निवासी ४० वर्षीय बिनोद सुवेदी गम्भीर घाइते भएका थिए।

घाइते सुवेदीलाई तत्काल उपचारका लागि सरकारी अस्पताल, भरतपुर लगिएकोमा उपचारकै क्रममा  अन्दाजी २१:०० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गितानगरबाट प्रहरी निरीक्षक सागर भुसालको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल हाल प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया