×

गैँडाकोट – नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १२ का नेकपा एमालेका अध्यक्ष शोभाखर सुवेदी, उपाध्यक्ष बलराम पौडेल र सचिव शिव गौतमले पार्टी परित्याग गरेका छन्।

लामो समयदेखि नेकपा एमालेमा रहेर काम गर्ने अवसर दिएको भन्दै उनीहरूले पार्टीलाई धन्यवाद दिएका छन्। नगर कमिटीका अध्यक्षलाई बुझाइएको राजीनामा पत्रमा तीनैजनाले हस्ताक्षर गरेका छन्।

चुनाव नजिकिँदै गर्दा वडास्तरका जिम्मेवार पदाधिकारीहरूले पार्टी छाडेपछि यसले स्थानीय राजनीतिक गतिविधिमा प्रभाव पार्ने देखिएको छ। यद्यपि पार्टीको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।

उज्यालो खबरसँग कुरा गर्दै एमाले परित्याग गरेका वडा अध्यक्ष शोभाखर सुवेदीले अब आफू नेकपा एमालेमा नरहने बताएका छन्। उनले आगामी दिनमा नयाँ राजनीतिक दलतर्फ जाने सम्भावनाबारे संकेत गरे पनि विस्तृत जानकारी भने दिएका छैनन्।

तपाईको प्रतिक्रिया