×

नवलपुर-  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले नवलपुर–१ बाट गजेन्द्र बहादुर आले लाई उम्मेदवार घोषणा गरेको छ।

गैँडाकोट नगरपालिका–१२ निवासी आले नेपाली काँग्रेसका महासमिति सदस्य हुन्। उनी यसअघि गैँडाकोट नगरपालिकाको मेयर पदको निर्वाचनमा उपविजेता बनेका थिए, जसले उनको स्थानीय जनसमर्थन र राजनीतिक हैसियतलाई मजबुत बनाएको छ।

आदिवासी जनजाति समुदायभित्र लोकप्रिय आलेले पार्टी संगठन विस्तार, स्थानीय समुदायसँग निरन्तर सम्पर्क र स्थानीय मुद्दामा सक्रिय भूमिका निभाउँदै आएका छन्। प्रारम्भिक राजनीतिक यात्रामा बिपीको संगतले पनि उनलाई स्थानीय राजनीतिमा परिचित बनाएको थियो।

तपाईको प्रतिक्रिया