काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपा नेता वामदेव गौतमको टिकट खोसिएको छ ।नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गौतमको बर्दिया–१ को टिकट खोसेका हुन् ।गौतमले बर्दियाको २ मध्ये १ क्षेत्रमा मधेसका नेतालाई उठाउँदा हुने सुझाव दिँदा टिकट गुमेको बताए ।
“मलाई जुन क्षेत्रमा राख्नुभयो, पहिला पनि उठेको हुँ, राम्रै थियो । २ नम्बर क्षेत्रमा उहाँले आफ्ना सहयोगीलाई लगेर उठाउनुभयो । त्यसो नगर्नुस्, त्यहाँ मधेसी मूलका उमेदवार उठाऔं भनेको थिएँ,” उनी भन्छन् ।प्रचण्डले गौतमलाई आइतबार टिकट दिएका थिए । अब चुनाव उठ्ने बताए ।
“तपाईंको टिकट भनेर हिजो दिनुभएको थियो । मैले दुवै क्षेत्रमा पहाडी मुलका उमेदवार भएपछि चुनाव हराउने तरिका हो कमरेड भनेको थिएँ । तपाईं उठ्ने भए उठ्नुस्, नउठेन भए जानुस् भन्नुभयो,” गौतम भन्छन्, “अब म अन्तबाट चुनाव उठदिनँ ।”
गौतमले उमेदवार बन्न आइतबार नै राष्ट्रियसभाबाट राजीनामा दिएका थिए । गौतमले प्रचण्डलाई पत्र पठाएका छन् ।नेकपाले बर्दिया १ मा विष्णुप्रसाद थारुलाई र बर्दिया २ मा सुरेश पन्तलाई उमेदवार बनाएको छ ।





















उज्यालो खबर










