चितवन उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएको छ र राति ९ बजेदेखि मतगणना सुरु गरिने भएको छ । निर्वाचन समितिका अनुसार कुल ३ हजार ३ सय ९९ मतदातामध्ये २ हजार ७ सय १९ मत खसेको छ ।
मतदानमा व्यवसायीहरूको उत्साहजनक सहभागिता देखिएको थियो । निर्वाचनमा दुई समूहबीच कडा प्रतिस्पर्धा रहेको छ । अध्यक्ष पदमा चिरञ्जीवी सुवेदी उम्मेदवार रहेका छन् भने युवा व्यवसायी शिरीष पन्तको नेतृत्वमा अर्को समूह चुनावी मैदानमा छ ।
सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली, उद्योगतर्फ उपाध्यक्षमा अशोक अधिकारी, वाणिज्यतर्फ उपाध्यक्षमा नारायण प्रधान तथा वस्तुगततर्फ उपाध्यक्षमा राजन पिया उम्मेदवार रहेका छन् ।त्यसैगरी पन्त समूहबाट वरिष्ठ उपाध्यक्षमा लोकबहादुर रानाभाट (सतिश), उद्योग उपाध्यक्षमा गुणराज पौडेल, वाणिज्य उपाध्यक्षमा जनक पौडेल र वस्तुगत उपाध्यक्षमा शंकर घिमिरे उम्मेदवार रहेका छन् ।



उज्यालो खबर




