गैंडाकोट – गैंडाकोटमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ।आज बिहान अन्दाजी ६:३० बजे गैंडाकोट नगरपालिका वडा नं. ५ स्थित बुद्ध मार्ग चोकमा रहेको पूर्व–पश्चिम राजमार्गमा चितवनबाट सिजितर्फ जाँदै गरेको ग १ ख ६६०५ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको हो।
दुर्घटनामा गैंडाकोट नगरपालिका वडा नं. ५, बैकुण्ठ मार्ग निवासी ८२ वर्षीय यमनाथ पौडेल गम्भीर घाइते भएका थिए। घाइते पौडेललाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकोमा उपचारकै क्रममा बिहान ७:४७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।



उज्यालो खबर




