नेकपा एमाले नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ ले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि पार्टी केन्द्रीय कमिटी सदस्य तिलक महतको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।नवलपुर–२ क्षेत्रीय कमिटीको आज बसेको बैठकले महतलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।
यसैबीच, नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि भने आठ जनाको नाम उम्मेदवार सिफारिस गरिएको छ। क्षेत्रीय कमिटीले रविन्द्र अधिकारी, डा. गोपाल खनाल, छत्रराज पौडेल, भागिरथ सापकोटा, सागर न्यौपाने, गोपेन्द्र केशरी न्यौपाने, तिलोत्तम पौडेल र हरिप्रसाद न्यौपानेको नाम सिफारिस गरेको जनाएको छ।
क्षेत्रीय कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम अब पार्टीको माथिल्लो कमिटीमा पठाइने जनाइएको छ।



उज्यालो खबर




