नवलपुर – गैँडाकोटस्थित मौलाकालिका मन्दिरमा करिब एक वर्षअघि फेला परेको दुई तोला सुन हराएको छ। धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मन्दिरको दराजमा सुरक्षित रूपमा राखिएको सुन करिब २० दिनअघि देखि नदेखिएको पाइएको हो।
मन्दिर परिसरमा भेटिएको सुन कार्यालयको दराजमा सुरक्षित राखिएको थियो। तर हाल दराजमा सुन नदेखिएपछि समितिले आन्तरिक छानबिन तथा अनुसन्धान प्रक्रिया सुरु गरेको जनाएको छ।समितिले सुन कसरी हरायो भन्ने विषयमा तथ्य–अनुसन्धान अघि बढाइरहेको छ।
यसैबीच, आजको नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ, जसअनुसार हराएको सुनको मूल्य लाखौँ रुपैयाँ बराबर पर्छ।



उज्यालो खबर




