×

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो क्वालिफायर खेल आज हुँदैछ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा अपराह्न ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायरमार्फत फाइनल प्रवेश गर्ने अवसर पाएको हो। लुम्बिनी लायन्स भने इलिमिनेटर खेलमा काठमाडाैँ गोर्खाजलाई ४ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको छ।

लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो। यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ।आज विजयी हुने टोली उपाधि प्रतिस्पर्धाका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ। सुदूरपश्चिम गत संस्करणको उपविजेता टोली हो।

एनपिएलको फाइनल यही मंसिर २७ गते, शनिबार कीर्तिपुरमै हुनेछ।

तपाईको प्रतिक्रिया