चितवन – चितवनको भरतपुर महानगरपालिका–१७ मनकामना टोलमा शनिबार घरको गाह्रो भत्किँदा ८० वर्षीया मंगली सार्कीको मृत्यु भएको छ।
शनिबार बिहान करिब १० बजे आफ्नै घरमा बसिरहेकी सार्की अचानक भत्किएको गाह्रोले लागेर गम्भीर घाइते बनेकी थिइन्। घाइते सार्कीलाई परिवारजनले उपचारको लागि भरतपुर सरकारी अस्पताल पुर्याएका थिए।
अस्पतालमा १२:०५ बजे उपचार थालिएको भए पनि १२:१५ बजे उनको मृत्यु भएको अस्पतालमा खटिएका प्रहरी जवान यम नाथ प्रसाईले जानकारी दिएका छन्।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



उज्यालो खबर




