×

गैँडाकोट । जेन्जी आन्दोलनका नाममा आफ्नै पार्टी नेताको घर जलाउने नेपाली कांग्रेसका ४ कार्यकर्ता पक्राउ परेका छन् ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेको घरमा आगजनी गरेको आरोपमा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’का तरुण दल सभापति अमित गिरीसहित चार जना कांग्रेस कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी मधु नेपालले जानकारी दिए ।

अध्यक्ष पाण्डे नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया