नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१४, सिमाना चोकमा करिब १२:४० बजे आगलागी भएको छ। गुरुदत्त ढकालको घर नजिकै रहेको एक तले टिनले छाएको गोठमा छिमेकी मिठु सुवेदीले बारीमा भुस जलाउने क्रममा अचानक आगो फैलिँदा ठूलो क्षति भएको हो।
आगलागीका कारण गोठमा भण्डारण गरिएका करिब ५० कठ्ठा बराबरको पराल तथा काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीय बासिन्दा, दमकल तथा प्रहरीले संयुक्त रूपमा आगो नियन्त्रणमा ल्याउने काम गरेका छन्। मानवीय तथा चौपायामा कुनै क्षति नभएको र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ।





















उज्यालो खबर

















