×

काठमाडौं । राष्ट्रिय स्पतन्त्र पार्टी रास्वपाले विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता कार्य तत्काल सुरु गर्न माग गरेको छ ।गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर रास्वपाले यस्तो माग गरेको हो ।

‘ठूलो संख्यामा नेपाली नवयुवाहरू विदेशमा रहनुभएकाले विदेशमा रहनुभएका योग्यता पुगेको नेपालीहरूको हकमा राष्ट्रिय परिचय पत्रका आधारमा वा स‍म्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्ने तत्काल व्यवस्था मिलाइदिनुहुन समेत अनुरोध गर्दछौं,’ रास्वपाले गृहमन्त्री अर्याललाई बुझाएको पत्रमा उल्लेख छ ।

पत्रमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले हस्ताक्षर गरेका छन् । महामन्त्री बुर्लाकोटीले पार्टीकै तर्फबाट यस्तो माग गृहमन्त्री अर्यालसमक्ष राखेका हुन् ।

तपाईको प्रतिक्रिया