काठमाडौं — नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गतेबाट विशेष महाधिवेशन सुरु गर्ने प्रस्ताव गरिएको छ।
शुक्रबारको बैठकमा केन्द्रीय सदस्य मधु आचार्यले उक्त मितिको प्रस्ताव प्रस्तुत गरेका हुन्। उनले छोटो समयमा अधिवेशन सम्पन्न गर्नेगरी प्रस्ताव ल्याएको बताए।
आचार्यले भने, “नेपाली कांग्रेसको विधानको धारा १७ (२) अनुसार मंसिर २४ गते — जुन दिन मंगला देवी सिंहको जन्मजयन्ती पर्छ — त्यस दिनबाट विशेष महाधिवेशन आयोजना गरौं भन्ने प्रस्ताव मैले गरेको हुँ।”
सहमहामन्त्री महेन्द्र यादवले पनि बैठकमा महामन्त्रीलाई काउन्टर दिन कार्यतालिका ल्याइएको प्रति इंगित गर्दै, आचार्यको प्रस्तावले विशेष महाधिवेशनलाई औपचारिक बाटो दिएको टिप्पणी गरे।
यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशन माग गरेका थिए।
आचार्यले पार्टीलाई आगामी चुनावको तयारीका लागि पर्याप्त समय दिनुपर्ने आवश्यकता औंल्याउँदै भने, “चुनाव नजिकिँदै छ, आन्तरिक घर्षण र प्रतिष्ठा स्पर्धा बढाउनु जायज होइन। अबको प्राथमिकता चुनाव तयारी नै हो।”





















उज्यालो खबर

















