नवलपरासी (पूर्व) – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित विनयी त्रिवेणी गाउँपालिका–२ त्रिसट्ठी मोड नजिकको पूर्व–पश्चिम राजमार्गमा सडक एकतर्फी भएपछि सयौं सवारी साधन क्यूमा परेका छन्।
नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३००१ ख ०९५२ नम्बरको सिमेन्ट लोड गरिएको ट्रक स्टार्ट नहुँदा बाटोमा रोकिएको थियो। त्यसैगरी, दाङबाट नारायणगढतर्फ आउँदै गरेको म १ ख ७४४ नम्बरको खाली ट्रकको गियरमा समस्या देखिएको छ।
त्यसपछि, काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०७७६ नम्बरको बसको सेल्फ गएको र वडा नं. २ ज्यामिरे चेकपोष्ट नजिक ना ७ ख ६६६४ र ना ७ ख ६०५३ नम्बरका दुई खाली ट्रक पनि स्टार्ट नहुँदा बाटोमा नै अड्किएका छन्।
लगातारका समस्या र हिलो तथा चिप्लो सडकका कारण हाल सो क्षेत्रमा करीब ३०० देखि ४०० सवारी साधन अलपत्र परेका छन्। ट्राफिक प्रहरी र स्थानीयवासीले सवारी साधन हटाउने तथा बाटो खुलाउने प्रयास गरिरहेको जनाइएको छ।



उज्यालो खबर




