गैंडाकोट । ब्लड डोनर्स सोसाइटी नवलपुरको आयोजनामा गैंडाकोट नगर तदर्थ समिति गठन गरिएको छ। शनिबार गैंडाकोट नगरपालिका–८ स्थित ज्ञानकुन्ज इङ्लिस स्कुलको सभाहलमा सम्पन्न कार्यक्रममा रक्तदाता सुबास आचार्यको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो।
सर्वसम्मत रूपमा गठन गरिएको तदर्थ समितिमा चन्द्रमणी पौडेल, हेमा अर्याल काफ्ले, रिति श्रेष्ठ, शंकर आचार्य, हिरालाल अर्याल, युवराज गुरुङ र सुजन अधिकारी सदस्य चयन भएका छन्।
कार्यक्रमको सञ्चालन जिल्ला सदस्य पवन भुर्तेलले गरेका थिए। कार्यक्रममा ब्लड डोनर्स सोसाइटीका केन्द्रीय उपाध्यक्ष हरि न्यौपाने, केन्द्रीय कानुनी सल्लाहकार, रेडक्रसकर्मीलगायतको उपस्थिति रहेको थियो।
नवगठित तदर्थ समितिले एक महिनाभित्र पूर्ण समिति गठन गरी पद हस्तान्तरण गर्ने कार्यक्रम रहेको संयोजक आचार्यले जानकारी दिए।





















उज्यालो खबर

















