 
    
    
	
	 	
	
	
		नवलपुर- बुलिङटार गाउँपालिका–५ राईकोटका किसानले यस वर्षको सुन्तला बिक्री सुरु गरेका छन्। किसानहरूले आफ्नै गाउँको सडक छेउमै सुन्तला ल्याएर बिक्री गर्दै आएका छन्।
आगामी ठूलो एकादशीका दिन पिठौली र गड्गडीघाटमा लाग्ने मेलालाई लक्षित गर्दै किसानहरूले बजारका लागि सुन्तला तयारी अवस्थामा राखेका छन्। यस वर्ष झरिमा समेत सुन्तला कावासोतीका बजारसम्म पुगेका छन्।
बुलिङटार गाउँपालिका जिल्लाकै सबैभन्दा धेरै सुन्तला फल्ने पालिका मानिन्छ। राईकोट, रामकोट र छरछरे गाउँ सुन्तलाका लागि पहिचान भएका क्षेत्र हुन्। छिमेकी गाउँपालिका बौदीकालीको बोबकमा पनि राम्रै मात्रामा सुन्तला उत्पादन हुने गरेको छ।
किसानहरूले यस वर्षको पहिलो फलमा बारीमै प्रतिकिलो रु. ६० मा सुन्तला बिक्री गरेको बताएका छन्। स्थानीयहरूका अनुसार राम्रो मूल्य र उत्पादनले यस वर्ष किसानहरू उत्साहित भएका छन्।
 
					




















 उज्यालो खबर
 उज्यालो खबर

















