 
    
    
	
	 	
	
	
		चितवन | भरतपुर अस्पतालका नर्सहरूले तलब वृद्धि र सेवा सुविधाको माग गर्दै शुक्रबार हातमा कालोपट्टी बाँधेर धर्ना दिएका छन्।गत कार्तिक १२ र १३ गते पनि माग सम्बोधनका लागि आन्दोलनमा उत्रिएका नर्सहरूले आज बिहान १०ः४० बजेदेखि पुनः विरोध जनाउँदै धर्ना बसेका हुन्।
उनीहरूले अस्पतालको सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले कामकाजमा बाधा नपर्ने गरी विरोध कार्यक्रम सञ्चालन गरेको बताएका छन्।नर्सहरूले लामो समयदेखि तलब वृद्धि, स्थायी दरबन्दी, र जनशक्ति अभाव समाधानका माग राख्दै आएका छन्।
 
					




















 उज्यालो खबर
 उज्यालो खबर

















