×

नवलपुर – नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका–२ न्यायचोकस्थित भित्री सडक खण्डमा स्कुटरले ठक्कर दिँदा एक किशोरी घाइते भएकी छन्।

हिजोसाँझ करिब ७ः४० बजे सिलान्यासचोकबाट भृकुटीचोकतर्फ जाँदै गरेको प्र.३–०३–००२ प ३७०३ नम्बरको स्कुटरले पैदलयात्री १७ वर्षीया सृष्टी सुनारलाई ठक्कर दिएको हो।

जिल्ला पर्वत घर भई हाल गैंडाकोट–२ बस्दै आएकी सुनारलाई टाउकोमा चोट लागेपछि उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

स्कुटर चालक गैंडाकोट–१ निवासी ३२ वर्षीय पदम रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया