गैँडाकोट । नवलपुर (पूर्व) गैँडाकोट नगरपालिका–३चिसापानी स्थित भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।बिहान करिब ११ बजे मौलाकालिका मन्दिरबाट गैँडाकोटतर्फ फर्कँदै गरेको ना २ ह २१५५ नम्बरको अटो अचानक ब्रेक फेल भई करिब १० मिटर तल सडकबाट खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटो चालक सहित चार जना घाइते भएका छन्।घाइतेहरूमा मध्यबिन्दु नगरपालिका–७ निवासी ५७ वर्षीया सरस्वती पौडेल, १४ वर्षीया कविता पौडेल, कावासोति नगरपालिका–१ की ३६ वर्षीया गंगा कंडेल, र अटो चालक गैँडाकोट–२ निवासी ४१ वर्षीया कमला ढकाल रहेका छन्।सबै घाइतेको अवस्था मध्यम रहेको र उनीहरूलाई उपचारका लागि अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।
मौलाकालिका मन्दिर नजिकैसम्म जंगलको कच्ची बाटो हुँदै अटोलाई यात्रुहरू लैजाने गरेपनि सो सडक राम्रो नभएको स्थानीयले बताएका छन्। उक्त बाटो साँघुरो र घुमाउरो भएकाले दुर्घटनाको जोखिम बढ्दो रहेकोले भविष्यमासमेत यस्ता घटना दोहोरिन सक्ने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन्।





















उज्यालो खबर

















