चितवन – चितवनको भरतपुर महानगरपालिका–४ धर्मचोकमा गएराति कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।असोज ३ गते बिहान करिब ४ः३० बजे चौबिसकोटीबाट बिशालचोकतर्फ जाँदै गरेको लु ३ च ५३५७ नम्बरको कार अनियन्त्रित भई सडकको बीच भागमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दुर्घटनामा परेर चालक र सवारीमा रहेका तीनै जना सामान्य रूपमा घाइते भएका छन्।घाइते तीनै जनालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ।
घाइतेमध्ये चालक ३१ वर्षीय सन्दीप गुरुङ (नवलपरासी, सुनवल–३) का छातीमा चोट लागेको छ।त्यसैगरी सवार ३० वर्षीय सुवास थापा (रुपन्देही, सैनामैना–७) का अनुहार र हातखुट्टामा चोट लागेको छ भने३० वर्षीय सरोज श्रेष्ठ (अर्घाखाँची, भुमिका–८) का टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।



उज्यालो खबर




