गैँडाकोट – इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक कमला नराल सरुवा भई नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुशी पठाइएकी छन्।
उनको सरुवापछि गैँडाकोटको प्रहरी नेतृत्व लक्ष्मण गिरी सम्हाल्ने भएका छन्। गिरी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत थिए ।गिरीको प्रमुख चुनौती स्थानीय क्षेत्रमा बढ्दो चोरी, जुवा र अन्य अपराध नियन्त्रण गर्नु पर्ने बताइएको छ।
प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको सरुवा गरेको छ। असोज २८ गतेको प्रहरी महानिरीक्षकको निर्णयअनुसार सरुवा भएका कर्मचारीहरूले कात्तिक महिनादेखि दरबन्दी अनुसारको तलब भत्तासहित नयाँ जिम्मेवारी सम्हाल्ने जानकारी सूचनामा उल्लेख गरिएको छ।
स्थानीयवासीले नयाँ निरीक्षकको आगमनसँगै सुरक्षा प्रवर्द्धन र अपराध नियन्त्रणमा सुधारको अपेक्षा गरेका छन्। गैँडाकोटमा विगतमा बढ्दो चोरी र जुवा घटनाले प्रहरीलाई थप सक्रिय भूमिका खेल्न आवश्यक बनाएको छ।



उज्यालो खबर




