काठमाडौं। नेकपा एमालेले निर्वाचनको घोषणा गरेको सरकारले राजनीतिक दलहरूलाई निषेध गर्न खोजेको आशंका व्यक्त गरेको छ।
जेन–जी आन्दोलनपछि पहिलोपटक बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचन तोकेको सरकारले राजनीतिक दलहरूसँग कुनै परामर्श नगरेको बताए।
‘सरकारले राजनीतिक दलहरूसँग परामर्श नगरेको मात्र होइन, निषेधको बाटोबाट हिड्न खोजेको छ,’ उनले भने, ‘राजनीतिक दललाई लक्षित गरेर भौतिक रूपमै क्षति पुर्याउने धम्की आइरहेका छन्।’
उनले सुदन गुरुङले हालै अलजजिरा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा व्यक्त धारणातर्फ इंगित गर्दै उनले धम्कीको चर्चा गरेका हुन्। उनले पाँच महिनाभित्र निर्वाचन हुनेमा संशय व्यक्त गरे।
जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका गुरुङको अन्तरिम सरकार निर्माणमा भूमिका देखिएको थियो। त्यसयता पनि निरन्तर सक्रिय गुरुङले अलजजिरासँगको कुराकानीमा राजनीतिक दलहरूलाई चुनावमा भाग लिन नदिने, घरबाट बाहिर निस्कन नदिने अभिव्यक्ति दिएका थिए।
त्यसलाई इंगित गर्दै एमाले उपमहासचिव ज्ञवालीले प्रश्न गरे, ‘विभिन्न समूहले धम्की दिइरहेका छन्। विभिन्न पात्रहरूले अन्तरवार्ता दिइरहेका छन्। चुनावमा भाग लिनै दिन्नौं, भाग लिए बैधता दिँदैनौं, घरबाटै बाहिर निस्कन दिँदैनौं भनिरहेका छन्। यस्तोमा पाँच महिनाभित्र निर्वाचन सम्भव छ ररु



उज्यालो खबर




