×

काठमाडौं- निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन सुरु गरेको छ।

आयोगका अनुसार १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकहरूले प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन्। सार्वजनिक बिदा बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म दर्ता खुला रहनेछ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले ताजा जनादेशका लागि निर्वाचन घोषणा गरेसँगै मतदाता नामावली संकलनलाई कानुनी आधार दिन बुधबार अध्यादेश जारी गरेको हो।

आयोगले नयाँ नाम दर्ताका साथै विवाह वा बसाइँसराइका कारण मतदान स्थल परिवर्तन गर्न चाहने, नाम तथा विवरणमा त्रुटि भएका मतदाताले सच्याउन सक्ने व्यवस्था समेत मिलाएको जनाएको छ।

तपाईको प्रतिक्रिया