×

चितवन-  मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको ठूलो पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिलेसम्म करिब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको छ।

नारायणगढतर्फबाट एक्साभेटर–१, लोडर–१ र मुग्लिनतर्फबाट एक्साभेटर–१, लोडर–२ सहित पाँचवटा उपकरण परिचालनमा छन्। साथै, दुवैतर्फ ब्याक–हो लोडर तैनाथ गरिएको छ। साँघुरो स्थानका कारण एकैपटकमा पाँचवटा उपकरण मात्र सञ्चालन गर्न सकिने अवस्था रहेको छ।

ठूलाठूला ढुंगाका कारण केही कठिनाइ भए पनि उपलब्ध उपकरण र अपरेटरहरु निरन्तर काम गरिरहेका छन्। पहिरोमा ढुंगाको मात्रा बढी हुनु, स–साना तिखा ढुंगाले टायर पन्चर गराउने र अपरेटर घाइते हुने जस्ता समस्याले प्रगति प्रभावित भएको छ। यसलाई मध्यनजर गर्दै हेभी इक्युप्मेन्ट डिभिजन हेटौंडा र डुम्रे बाट थप दुई जना अपरेटर पठाइएको छ।

सडक डिभिजन कार्यालयले कुनै अन्य अवरोध नआएमा भोलि बिहानदेखि सडक पूर्ण रुपमा सञ्चालनमा ल्याइने जनाएको छ।

तपाईको प्रतिक्रिया