×

गैँडाकोट – लुम्बिनी ICT क्याम्पस मातहत रहेको लुम्बिनी ICT क्लबले प्रविधि क्षेत्रमा सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको “LICT Hackathon Vol. 1” सम्पन्न भएको छ । प्रतिस्पर्धामा बुटवल कलिका क्याम्पसले प्रथम स्थान हासिल गर्दै नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै, उपविजेता बनेको गैँडाकोट नमुना माध्यमिक विद्यालयले नगद २५ हजार, मेडल र प्रमाणपत्र, नवीनतम सोच (Innovative Idea) श्रेणीमा उत्कृष्ट ठहरिएको अरोमा कलेजले नगद १५ हजार, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट UI/UX श्रेणीमा विजेता बनेको बोस्टन इन्टरनेशनल कलेजले नगद ५ हजार, मेडल र प्रमाणपत्र हात पारेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका वडा नं. ४ का अध्यक्ष तेज प्रसाद घिमिरे र विशेष अतिथि राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले विजेताहरुलाई पुरस्कार वितरण गर्नुभयो ।

ह्याकाथन भोल्युम–१ मा विभिन्न कलेजका १६ समूहको सहभागिता रहेको  सहायक प्रचार्य खिला देवकोटाले  जानकारी दिनुभयो । उनले यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूको सिर्जनशीलता र सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया